अन्त्येष्टि गरेको ६ महिनापछि घर फर्किए पदमबहादुर, परिवारले लिइसकेका थिए बिमाको पैसा
विराटनगर । जसको मृत्यु भयो भन्ने सोचे र परिवारले ६ महिना पहिल्यै अन्त्येष्टि गरिसकेको थियो, उनै व्यक्ति गत आइतबार राति ९ बजे जीवितै टुप्लुक्क घर आइपुगे । पदमबहादुरको अन्त्येष्टि सहित काजकिरिया भइसकेको थियो । जिउँदै फर्केपछि उनको पुनः न्वारान र ब्रतबन्ध गरियो, त्यसपछि पदम बहादुर अहिले दिलबहादुर बनेका छन् ।
पदमबहादुरको पुनरागमन परिवारका लागि अप्रत्याशित खुसीको क्षण बन्यो । तर यो घटनाले गम्भीर प्रश्न खडा गरेको छ, त्यसबेला पदम ठानेर दाहसंस्कार गरिएको शव कसको थियो त ? मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राय क्षेत्री गत जेठमा मृत ठानेर परिवारले अन्त्येष्टि गरिएका व्यक्ति हुन् । उनी गत आइतबार राति ९ बजे जीवितै घरमा आइपुगे । मरिसकेको भनिएका व्यक्ति जिउँदै फर्कँदा परिवार र छिमेका कोलाहल मच्चियो । र, उनको घर फिर्ति सत्य थियो । हिन्दू परम्पराअनुसार उनको पुनः न्वारान र व्रतबन्ध गर्नुपर्यो । राय परिवारका छिमेकी तथा स्थानीय पत्रकार प्रशान्त निरौलाका अनुसार पदमबहादुरको नाम अब दिलबहादुरमा परिणत भएको छ ।
दुर्घटनामा उनको मृत्यु भएको विश्वासमा परिवारले अन्तिम संस्कार गरेको थियो । मृत्युका आधारमा दुर्घटना बीमाबापत ५ लाख ५० हजार रुपैयाँसमेत परिवारले बुझिसकेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु
काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षत...
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
ललितपुर । देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन । खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै आकाशे पानीमै निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुध्न...
स्टाफ कलेजको कडा परीक्षा: ८९ डीएसपीमध्ये १६ मात्रै पास, एसएसपी बढुवाको ढोका साँघुरो
काठमाडौँ । नेपाल प्रहरीमा उपल्लो तहमा बढुवाका लागि अनिवार्य बनाइएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस) अन्तर्गतको स्टाफ कलेज प्रवेश परीक्षामा १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) मात्र छनोट भएका छन्। यो एमपीएसका लागि छन...
साउने सोमबारका लागि पशुपतिमा सरसफाइ अभियान
काठमाडौँ । पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सफाइ अभियान सञ्चालन गरिएको हो ।
सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन...
नौबिसे–मलेखु खण्डको २७ किलोमिटर सडक निर्माण सम्पन्न
काठमाडौँ । नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले तिव्रता पाएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस दोस्रो खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र दुई किलोमिटर ढलान रिजिड पेभमेन्ट गरी कुल २७ किलोमिटर सडक न...
विसं २०८३ को पात्रोको गणना कुन ग्रन्थका आधारमा गर्ने यसै हप्ता निर्णय हुने
काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो केतकी वा सूर्य सिद्धान्त कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गरिने जनाएको छ । समितिले आइतबार यहाँ आयोजना गरेको नयाँ पदाधिकारीहरूको पर...



