अन्त्येष्टि गरेको ६ महिनापछि घर फर्किए पदमबहादुर, परिवारले लिइसकेका थिए बिमाको पैसा
विराटनगर । जसको मृत्यु भयो भन्ने सोचे र परिवारले ६ महिना पहिल्यै अन्त्येष्टि गरिसकेको थियो, उनै व्यक्ति गत आइतबार राति ९ बजे जीवितै टुप्लुक्क घर आइपुगे । पदमबहादुरको अन्त्येष्टि सहित काजकिरिया भइसकेको थियो । जिउँदै फर्केपछि उनको पुनः न्वारान र ब्रतबन्ध गरियो, त्यसपछि पदम बहादुर अहिले दिलबहादुर बनेका छन् ।
पदमबहादुरको पुनरागमन परिवारका लागि अप्रत्याशित खुसीको क्षण बन्यो । तर यो घटनाले गम्भीर प्रश्न खडा गरेको छ, त्यसबेला पदम ठानेर दाहसंस्कार गरिएको शव कसको थियो त ? मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राय क्षेत्री गत जेठमा मृत ठानेर परिवारले अन्त्येष्टि गरिएका व्यक्ति हुन् । उनी गत आइतबार राति ९ बजे जीवितै घरमा आइपुगे । मरिसकेको भनिएका व्यक्ति जिउँदै फर्कँदा परिवार र छिमेका कोलाहल मच्चियो । र, उनको घर फिर्ति सत्य थियो । हिन्दू परम्पराअनुसार उनको पुनः न्वारान र व्रतबन्ध गर्नुपर्यो । राय परिवारका छिमेकी तथा स्थानीय पत्रकार प्रशान्त निरौलाका अनुसार पदमबहादुरको नाम अब दिलबहादुरमा परिणत भएको छ ।
दुर्घटनामा उनको मृत्यु भएको विश्वासमा परिवारले अन्तिम संस्कार गरेको थियो । मृत्युका आधारमा दुर्घटना बीमाबापत ५ लाख ५० हजार रुपैयाँसमेत परिवारले बुझिसकेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
उपरजिस्ट्रार पराजुलीको निधन, आजका लागि तय भएका सबै सुनुवाइ स्थगित
ललितपुर । उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ। उहाँको निधनप्रति शोक व्यक्त गर्दै अदालतले आजका लागि तय भएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।
अदालतले सूचना जारी गरी अदालत परिवार शोकमा रह...
बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु
बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन ज...
आज लक्ष्मी पूजा : आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा गरिँदै
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा...
सरकारसँग छ बुँदे सहमतिपछि टुट्यो डा. निकोलस र हरिशको अनशन
काठमाडौँ । सरकारले डा निकोलस भुसाल र हरिश विष्टसँग छ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११ औँ दिनको अनशन अन्त्य भएको छ । शुक्रबार सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा अनशनरत डा भुसाल र विष्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको...
आज विश्व ग्रामीण विकास दिवस मनाइदै
काठमाडौँ । हरेक वर्ष जुलाई ६ मा विश्व ग्रामीण विकास दिवस मनाइन्छ । ग्रामीण समुदायले खाद्य सुरक्षा, गरिबी न्यूनीकरण, कृषि उत्पादन र दिगो विकासमा पुर्याएको योगदानको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२४ स...
एनआरएनएबीच एकता घोषणा
काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएन बीच एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एनआरएन...



