आइतबार, ०४ असोज २०८३
नेपाली

बेरोजगारीले बढ्दो अविवाहित युवा, पेन्सनवाला कर्मचारी भने बुढ्यौलीमा समेत बिहे गर्दै !

Main News Image

रुषा थापा_____

भक्तपुर । पछिल्लो समय बेरोजगारीका कारण वैवाहिक सम्बन्धमा नबाँधिने थुप्रै युवा छन् । रोजगारी भएपनि आम्दानी राम्रो नहुँदा पनि अधिकांश बिहे गर्न चाँहैनन् । आफ्नै ज्यान पाल्न गाह्रो भएकोले उनीहरु थप जिम्मेवारी उठाउन चाहँदैनन् । अर्कोतर्फ, बेरोजगार, कम आम्दानी हुनेलाई कसैले आफ्नो छोरी दिन पनि मान्दैनन् । केहीगरी बिहे दिइहाले पनि आर्थिक समस्याका कारण चाँडै सम्बन्धविच्छेदको अवस्था निम्तिन्छ । बिहे गरेर युवावस्थामै डिभोर्स हुनेको संख्या बढ्दो छ । अब रोचक कुरा चाँहि देशका युवाहरु वैवाहिक सम्बन्धमा नबाँधिने, बाँधिहाले पनि डिभोर्स भइहाल्ने समस्या बढिरहँदा पूर्वसरकारी कर्मचारीहरु भने बुढेसकालमा समेत बिहे गरिरहेका छन् । 

कारण हो–पेन्सन । सरकारी सेवाबाट अवकाश प्राप्त कर्मचारीलाई सरकारले पेन्सन दिँदै आएको छ । तर, पेन्सनका निम्ति बुढ्यौली उमेरमा समेत बिहे गर्ने बढ्दो छ । सम्बन्धित कर्मचारीको निधन भएमा श्रीमान–श्रीमतीले पेन्सन पाउँछन् । अहिले विशेषगरी श्रीमतीको निधन हुनेबित्तिकै पेन्सनवाला श्रीमानले अर्को बिहे गरिहाल्छन् । 

चाँहे उमेरले ७० वर्ष कटेर नाति–नातिना नै किन नहोस् । सँगै बेरोजगार, कम आम्दानी भएका युवालाई छोडेर युवती–महिलाहरु पनि पेन्सनवालासँग नै बिहे गर्न तयार हुन्छन् । किनकि श्रीमानको निधनपश्चात् श्रीमतीले आजीवन पेन्सन पाउँछ । काम वा दुःख नगरी जीवनभर बसिबसि खान पाइने भएपछि आफूभन्दा आधा उमेर बढीका व्यक्तिसँग पनि बिहे गर्ने युवती–महिलाहरु बढिरहेका छन् । 

कोसँग बिहे गर्ने वा नगर्ने ? आफ्नो इच्छा, चाहानाको कुरा हो । तर, यसरी पेन्सनका लागि आफूभन्दा तीन दशक ठूलो व्यक्तिसँग बिहे गर्नु कतिको उचित हो ? के पैसा नै सबथोक हो ? देश र जनताको सेवा गरेकोले सरकारले कर्मचारीलाई अवकाशपश्चात् पेन्सन दिने गर्छ । तर, त्यही पेन्सनको आडमा बुढ्र्यौली उमेरमा समेत वैवाहिक सम्बन्धमा बाँधिनु ठिक हो र ? यो त पेन्सनको दुरुपयोग भएन र ? 

जुनसुकै उमेरमा पनि वैवाहिक सम्बन्धमा बाँधिनु मानिसको स्वतन्त्रताको कुरा हो, अधिकार हो । किनकि मानिसलाई जुनै पनि उमेरमा साहाराको आवश्यकता पर्दछ । यसो भन्दैमा ७० वर्ष उमेरको पुरुषले ३० वर्षकी युवतीसँग बिहे गर्नु ठिक हो ? यदि दुवै निःस्वार्थ रुपमा वैवाहिक सम्बन्धमा बाँधिएका हुन् भने त्यसमा पनि केही आपत्ति भएन । तर, यहाँ त पेन्सन र सम्पत्तिको लोभमा बिहे गर्ने क्रम ह्वात्तै बढ्यो ।

यसले समाजलाई कतातिर लैजाला ? यदि यो क्रम बढिरहने हो भने युवा उमेरका सबै अविवाहित र बुढ्र्यौली उमेरका सबै विवाहित हुनेछन् । जसले मुलुकको जनसंख्यामा समेत गम्भीर असर पार्नसक्छ । त्यसैले, अब सरकारले पेन्सनबारे सोच्ने बेला आएको छ । जसले देश र जनताको सेवा गरेको हो, ऊ बाँच्नुञ्जेलमात्र पेन्सन पाउने, श्रीमती–श्रीमान अरु कसैलाई नदिने व्यवस्था गर्नुपर्छ ।

नत्र भए भविष्यमा ठूलो समस्या निम्तिन सक्छ । जसको असर राज्यले नै भोग्नुपर्नेछ । वि.सं.२०३२–३३ सालमा मासिक २५ देखि ३५ रुपैयाँ तलबमा सरकारी सेवामा प्रवेश गरेका पूर्वकर्मचारीहरु अहिले पेन्सनमात्र मासिक ४५ हजारदेखि ६० हजारसम्म बुझ्छन् । दशैंमा एक महिना पेन्सन बराबरको पेश्की र उपचार पनि निःशुल्क पाउँछन् । ०५१ सालमा एक सय रुपैयाँबाट शुरु भएको ज्येष्ठ नागरिक भत्ता अहिले चार हजार रुपैयाँ पुगेको छ । 

बहालवाला कर्मचारीको मासिक तलब पदअनुसार ४० हजारदेखि एक लाख ६ हजार रुपैयाँसम्म हुन्छ । वार्षिक दुई जोर पोशाक, कार्यालय आउजाउ गर्न गाडी, पाँच हजार महँगी भत्ता र बिरामी हुँदा परिवारसहितको निःशुल्क उपचार पनि पाउँछन् । कर्मचारीहरु सुत्केरी हुँदासमेत महिनौं दिन छुट्टी पाउँछन्, छुट्टै रकम पाउँछन् ।

विद्यमान कानूनअनुसार महिला कर्मचारी सुत्केरी हुँदा ९० दिन (तीन महिना) र श्रीमती सुत्केरी भएको श्रीमान कर्मचारीलाई १५ दिन बिदा दिइन्छ, तलबसहित । तर नयाँ कानून ल्याएर महिलाको हकमा ६ महिना र पुरुषको हकमा ४२ दिन सुत्केरी बिदा बनाइँदैछ । जबकी गरिब जनता चाँहि आज सुत्केरी भएमा भोलि नै ज्यामी काम गर्न हिँड्छन् । किनकि उनीहरुसँग त्यसबाहेक विकल्प नै हुँदैन । 

जनता सुत्केरी हुने पैसा नभएर अस्पतालबाट निकालिन्छन्, बाटोमै बच्चा जन्माउन बाध्य हुन्छन्, सरकार चाँहि कर्मचारीहरुका लागि पहिले पर्याप्त हुँदाहुँदै सुत्केरी बिदा बढाउँदैछ । कर्मचारीहरुलाई जतिसुकै तलब, सेवासुविधा दिएपनि पुग्दैन, यहाँ केसम्म हुँदै आएको छ भने श्रीमान पेन्सनवाला भएपनि श्रीमती ज्येष्ठ नागरिक भत्ता बुझ्छिन् । 

सेवामा रहँदासम्म कर्मचारीहरुले अकुत सम्पत्ति जोडेका हुन्छन् । घुस नखाई जनताका काम गर्दैनन् । ठेक्कापट्टा, सामान खरिदमा करोडौं भ्रष्टाचार गर्छन् । काम गर्दैनन्, गफ गरेर वा फोन चलाएर बस्छन् । कर्मचारीहरु कार्यकक्षमा कम, छत वा आँगनतिर बढी भेटिन्छन् । बालेन सरकार आएपछि त कर्मचारीहरुलाई झनै मोज भएको छ । पहिले साताको एक दिन दिन बिदा पाइनेमा अहिले दुई दिन पाइन्छ । 

९ बजेदेखि ५ बजेसम्म कार्यालय समय भनिएपनि कर्मचारीहरु बल्लतल्ल ११ बजे कार्यालय पुग्छन् अनि हाजिर गरी खाजा खाएर टाप कस्छन् । अर्कोतर्फ, ३ बजेपछि राजस्व लिइँदैन । अनि सबै कर्मचारीको छुट्टी हुन्छ । कतिपय कर्मचारी हाजिर गरेर काम गर्न क्यान्टिनतिर जान्छन् । कार्यालयको क्यान्टिन नै उनीहरुले चलाएका हुन्छन् । त्यसको भाडा, बत्ती, पानी, फोहोरको पैसा भने राज्यलाई तिर्दैनन् । 

कार्यालयका नयाँ सामान कर्मचारीहरुलाई देख्नै हुँदैन, घरतिर दौडाइदिन्छन् । कार्यालय समयमा सेयर कारोबार गर्छन्, फेसबुक, टिकटक चलाउँछन् वा टेलिफोनमा आफन्तसम्म घण्टौं कुरा गर्छन् । अहिलेपनि सरकारी कार्यालयहरुमा बिचौलिया प्रवेश गर्ने क्रम जारी छ । बिचौलिया अर्थात् लेखनदासमार्फत कर्मचारीहरुले सेवाग्राहीसँग घुस बुझ्दै आएका छन् । 

कर्मचारीहरु जनताले तिरेको करबाट तलबभत्ता खान्छन्, पोशाक लगाउँछन्, गाडी चढ्छन् तर च्यातिएको कपडा अनि चप्पल लगाएको सेवाग्राही देखेमा हेप्छन् । जथाभावी बोल्छन् । उनीहरुलाई नागरिक नै होइनजस्तो व्यवहार गर्छन् । ‘जुन जोगी आए पनि कान चिरेको’ जस्तो अवस्था हाम्रो सार्वजनिक सेवाको हो । जुनसुकै सरकार आएपनि सरकारी कार्यालय र कर्मचारीलाई सुधार्न असम्भवजस्तो देखिन्छ । 

किनकि कर्मचारीलाई पनि भोट बैंक बनाइएको छ । त्यसैले त सत्तामा बस्नेहरु कर्मचारीहरुले जे जे भन्छन्, त्यही गर्छन् । वर्तमान अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पनि त कर्मचारीलाई खुशी बनाउन तलब ह्वात्तै बढाइदिए । नभए देश गम्भीर आर्थिक संकटमा रहेका बेला किन तलब बढाउँथे ? कर्मचारीसामु सरकार लाचार छ । 

देशै जोखिममा पारेर कर्मचारी पोस्ने काम भयो । यसले भविष्यमा ठूलो संकट निम्त्याउन सक्छ । सरकार गम्भीर होस् । अर्कोतर्फ, जनप्रतिनिधिहरु पनि लोभी भए । पहिला तलब र सेवासुविधाबिनै जनप्रतिनिधिहरु काम गर्थे । अहिले त लाखौं रकम बुझ्दासमेत उनीहरुलाई पुग्दैन । अनि यस्ता जनप्रतिनिधिबाट देश बन्छ ? यस्ता काम चोर कर्मचारी र जनप्रतिनिधिलाई देश र जनताले कहिलेसम्म पालिरहने ? 

mediabaaji add

सम्बन्धित खबर

हात्ती आयो हात्ती आयो फुस्सा भयो सङ्घीयता

© हरि खतिवडा

काठमाडौँ । नेपालीमा एउटा उखान छ नि “भूँइको टिप्न खोज्दा पोल्टाको खस्यो “हो त्यस्तै बाटोमा लम्किरहेका छौँ हामी ।अरु देशले आफ्नो सँस्कृतिलाई मोडिफाई गर्दै विश्वलाइ आफ्नोपन चखाउँछन् ,हाम...

जित्ने कला “पागलपन” जबसम्म तपाईंले हार मान्नु हुन्न -डिआर दाहाल

 जीवनको यात्रा कहिलेकाहीं अनिश्चित, चुनौतीपूर्ण र कठिनाइले भरिएको हुन्छ। हामी सबैले कहिल्यै नसकिए जस्तो लाग्ने समस्याहरू र धेरै असफलताहरूको सामना गर्नुपरेको हुन्छ। तर, जीवनका यस्ता क्षणहरूमा नै तपाईंको दृढता, साहस, र आत्मबलको वास्तविक परीक्षा...

भोगीको दार्शनिक पथ ! भोग दर्शन !

© निर्मल पुरी 'भोगी' 

मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १३। सामान्य अर्थमा भोग दर्शन ,भोगविलास , आनन्द वा रुचिहरूको लागि बहस गर्ने दर्शन हो । यसलाई मिश्रित दार्श...

एउटै सरकारको दुईटा कानुनः बैंक तथा वित्तिय संस्थालाई मनलाग्दी ब्याज उठाउँदा छुट, व्यक्तिलाई जेल !

अनुसा थापा______

भक्तपुर । सरकार एउटै, कानुन छुट्टै ! प्रसंग हो, ब्याजदरको । बैंक तथा वित्तिय संस्थालाई सरकारले आफैं ब्याजदर तोक्ने अधिकार दिएको छ । बैंक, फाइनेन्स, सहकारी, लघुवित्तले आफैं ब्याजदर तोक्छ । व्यक्तिको हकमा सरकारले...

‘संविधान होइन, चरित्र संशोधन आवश्यक छ’ : प्रा. डा. सुरेन्द्र केसी

मिडियाबाजी डटकम काठमाडौँ , श्रावण ०८ । विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले संविधान संशोधनभन्दा “चरित्र संशोधन” अहिलेको नेपालको मुख्य आवश्यकता भएको बताएका छन्। राष्ट्रिय प्रेस क्लबमा बिहिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रील...

सबै दलको देश बनाउने नारा, देश चाँहि नरहने अवस्थामा !

रुषा थापा

भक्तपुर । सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल परेको २० महिना भएको छ । २०८१ पmागुन ९ गते मुलुक ग्रे लिस्टमा परेको थियो । ग्रे लिस्टबाट निस्कन अब चार महिनामात्र हामीसँग छ । आउँदो माघभित्र नेपाल ग्रे लिस्टबाट हट्न नस...