शुक्रबार, २६ भदौ २०८३
नेपाली

इरानी हमलापछि अमेरिकी एफ–३५ को आपतकालीन अवतरण

Main News Image

काठमाडौँ । इरानी हमलापछि अमेरिकाको एक एफ–३५ लडाकु विमानलाई बिहीबार आपतकालीन अवतरण गराइएको छ । सीएनएनले स्रोतलाई उद्धृत गर्दै यसबारे रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार पाँचौँ पुस्ताको उक्त लडाकु विमान इरानमाथिको मिसनमा रहेको बेला समस्या उत्पन्न भएको थियो । त्यसपछि यसलाई मध्यपूर्वस्थित अमेरिकी एयरबेसमा आपतकालीन रूपमा अवतरण गराइएको हो ।

उनले विमान सुरक्षित रूपमा अवतरण भएको र घटनाबारे अनुसन्धान जारी रहेको बताए । पाइलटको अवस्था स्थिर रहेको पनि उनले जानकारी दिए ।

फेब्रुअरी अन्त्यदेखि सुरु भएको युद्धयता इरानले अमेरिकी विमानलाई निशाना बनाएको र एफ–३५ लाई आपतकालीन अवतरण गराउनुपरेको यो पहिलो घटना हो ।


mediabaaji add

सम्बन्धित खबर

मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ । मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट...

ड्रोन र मिसाइलको अवशेष खस्दा आबुधाबीमा ७ नेपाली घाइते

काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको अबुधाबीस्थित एजबान क्षेत्रमा हवाई रक्षा प्रणालीद्वारा मिसाइल तथा ड्रोन सफलतापूर्वक अवरोध गरिएपछि खसेको भग्नावशेषका कारण १२ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार घाइतेमध्ये ७ जना नेपाली र ५ जना भारतीय नागरि...

इरानी विद्यालयमा मारिएका १६५ बालिकाहरूको सार्वजनिक अन्त्येष्टि

काठमाडौँ । इरानी सहर मिनाबमा रहेको एक बालिका विद्यालयमा अमेरिकी र इजरायली आक्रमणमा मारिएका १६५ बालिकाहरूको सार्वजनिक अन्त्येष्टि भएको छ । मिसाइल आक्रमणमा परी एकैठाउँमा १६५ बालिकाहरूको मृत्यु भएको हो ।  उक्त सार्वजनिक अन्त्येष्टिमा हजारौँ मानि...

ट्रम्पको युद्धविराम घोषणापछि पनि थाइल्याण्ड–कम्बोडियामा लडाइँ जारी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि थाइल्याण्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ। थाइल्याण्ड र कम्बोडियाबीचको झडप औपन...

अमेरिका-इरान शान्ति वार्ताको पहल : पाकिस्तान सक्रिय

इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ । यसै प्रयास अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख जनरल...

पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम

काठमाडौँ । पाकिस्तान र अफगानिस्तानले बुधवार दुई पक्षबीच युद्धविरामको घोषणा गर्न छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । जुन लागू भएको छ ।

पाकिस्तानको विदेश कार्यालयले बुधवार भनेको छ कि अफगानिस्तान पक्षको अनुरोधमा, पाकिस्तान र अफगानिस्तान स...