सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार व्यवसायी पक्राउ
वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते र सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो ।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिए । “सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको सिसीक्यामेरा फुटेज हेरेर आवश्यक अनुसन्धान भइरहेको छ”, उनले भने, “सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेकाले पनि संलग्नहरूको नाम पछि मात्र सार्वजनिक गर्नेछौँ ।”
संयुक्त टोलीले भन्सार छली गरेर सामान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो । सो ठाउँबाट सशस्त्र प्रहरीले करिब रु १२ लाख ५० हजार मूल्यका सामान बरामद गरेको जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विचौलिया दिपक भट्टका साझेदार शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकार रहेको बेला सदाबहार शक्तिशाली रहेको बिचौलिया दिपक भट्टका व्यवसायिक साझेदार औद्योगिक समूह शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । यसअघि सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परेका व...
सिंहदरबार सुरक्षा कडा, गणमा एसपी थपिने
काठमाडौँ । सिंहदरबारमा आगलागीपछि त्यहाँको सुरक्षामा सरकार गम्भीर बनेको छ । गृहमन्त्रालयले सिंहदरबार गणलाई लक्षित गर्दै प्रहरी संगठनमा एसएसपी, एसपी र डिएसपीका ३–३ दरबन्दी थप गरेको छ। सिंहदरबार गणमा हाल डिएसपी इन्चार्ज रहेकामा अब एसपी राख्ने तयारी ग...
क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी, अच्युत दुलाल पक्राउ
काठमाण्डौा । क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाललाई पक्राउ गरेको छ । मण्डनदेउपुर नगरपालिका–६ घर भएका दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी ज...
प्रमुख आयुक्त राईलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएका पाठकलाई फिलिपिन्सको ब्युरो अफ इम...
सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी १२६ वटा मुद्दा दर्ता
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ वर्षमा सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी गरेको छ भने एक सय २६ मुद्दा दर्ता गरेको छ । विभागको स्थापना ३१ असार ०६८ मा भए पनि २० असार ०६६ मा राजस्व अनुसान्धान विभागमार्फत सम्पत्ति शुद्धीकरण...
गोरेलाई थप १० वर्ष कैद, तर सुन काण्डमा संगठित अपराध पुष्टि भएन
मोरङ । मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ । तर, बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा भने...



