बेपत्ता पुष्पाको शव नदि किनारमा फेला
सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थित नदि किनारमा शव फेला परेको हो । यहि फागुन ८ गते बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नदी माथि रहेको पक्की पुलबाट हाम फालेर बेपत्ता हुनुभएको २१ वर्षीया पुष्पा सिंह बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
पुष्पा दाङको तुलसिपुर–६ वरुवा गाउँ बस्ने ३० वर्षीय त्रिदेव मल्लकी श्रीमती हुन् । निरन्तर खोजीपछि केही समय अघिमात्र पुष्पाको शव फेला परेको र शवको घरपरिवारले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सशस्त्र प्रहरीको गोताखोरको टोली तथा विशेषज्ञ टोलीले उहाँको खोजी गरेको थियो । बनगाड कुपिण्डे नगरपालिका–६ चौतारास्थित माइतीमा आएकी पुष्पा श्रीमानसँगै पुलमा तस्बिर खिच्दै गर्दा नदीमा हाम फालेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
पर्सामा १० वर्षीया बालिका माथि जबरजस्ती करणी
काठमाण्डौँ । पर्सा जिल्लाको सखुवा प्रशौनी गाउँपालिका–५, बलुवा टोलमा एक हृदयविदारक र गम्भीर घटना सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार, १० वर्षीया बालिका माथि दुई जना मिलेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित बालिकाका बुवा का अनुसार, घटना...
क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी, अच्युत दुलाल पक्राउ
काठमाण्डौा । क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाललाई पक्राउ गरेको छ । मण्डनदेउपुर नगरपालिका–६ घर भएका दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी ज...



