आइतबार, १८ असोज २०८३
नेपाली

महासभा सकिएपछि पनि बसेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाले निकाल्यो

Main News Image

काठमाडौँ । अमेरिकाले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर पनि देश छाड्ने आदेश बेवास्ता गरेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाबाट निष्कासन गरेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार, ती दुवै इरानी प्रतिनिधिमण्डलका सदस्य महासभा सकिएको लामो समयपछि पनि न्युयोर्कमै रहेको पाइएको थियो । विदेशमन्त्री मार्को रुबियोको निर्देशनपछि उनीहरूलाई अमेरिकाबाट निकालिएको मन्त्रालयले जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार विदेश मन्त्रालयले इरानी विदेशमन्त्री अब्बास अराघ्ची र उनको टोलीलाई सेप्टेम्बर २८ सम्म अमेरिका छाड्न भनेको थियो । तर अक्टोबर २ मा संयुक्त राष्ट्रसंघस्थित इरानी मिसनबाट उनीहरू अझै अमेरिकामै रहेको जानकारी पाएपछि दुई सदस्यलाई निष्कासन गरिएको हो ।

समाचार संस्था एक्सियोसका अनुसार एक सदस्य अक्टोबर २ को राति र अर्का सदस्य अक्टोबर ३ को बिहान अमेरिका छाडेका थिए ।

mediabaaji add

सम्बन्धित खबर

होर्मुज खोल्न सहयोग नगरे नेटोको भविष्य ‘धेरै खराब’ हुन सक्ने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूले होर्मुज जलमार्ग खोल्न सहयोग नगरे उत्तर एट्लान्टिक सन्धि संगठन ९नेटो०को भविष्यका लागि ‘धेरै खराब’ हुनसक्ने चेतावनी दिएका छन् । फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले यस्त...

बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । 

सोही घटनामा परी दर्जनौं घाइते भएको जनाइएको हो। अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको संख्या अझै बढ...

होर्मुज क्षेत्रबाट एक नेपालीलाई इरानले नियन्त्रणमा लिएको पुष्टि

काठमाडौँ । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । पक्राउ परेका व्यक्तिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर उनको नाम अमृत झा रहेको मन्त्रालयले...

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ४० दिन शोक घोषणा

काठमाडौँ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बत...

पाकिस्तानका प्रधानमन्त्री साउदी अरब र सेना प्रमुख इरान भ्रमणमा : शान्ति वार्ताको प्रयास

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब र सेना प्रमुख असीम मुनिर इरान पुगेका छन् । जसलाई अमेरिका र इरान बीचको शान्ति वार्ता पुनः सुरु गर्ने सम्भावित नयाँ चरणको तयारीको रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्र...

इरानी हमलापछि अमेरिकी एफ–३५ को आपतकालीन अवतरण

काठमाडौँ । इरानी हमलापछि अमेरिकाको एक एफ–३५ लडाकु विमानलाई बिहीबार आपतकालीन अवतरण गराइएको छ । सीएनएनले स्रोतलाई उद्धृत गर्दै यसबारे रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार पाँचौँ पुस्...